रुस–युक्रेन युद्धः युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रमा आगलागी

रुस–युक्रेन युद्धः युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रमा आगलागी

ukraine_nuclear_plant

काठमाडौँ । युक्रेनको इनरहोडार सहरमा रहेको युरोपको सबैभन्दा ठूलो जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा आगलागी भएको छ ।

रुसी सेनाको लगातारको बम आक्रमणबाट केन्द्रको भवन र युनिटमा आगलागी भएको त्यहाँका मेयर दिमिट्रो ओर्लोभले बताएको बीबीसीले लेखेको छ ।

मेयर ओर्लोभले यसअघि दक्षिणपूर्वमा रहेको आफ्नो सहरको बाहिरी भागमा रुसी र युक्रेनी सेनाबीच ठूलो लडाइँ भएको जानकारी दिएका थिए ।

रुसी सेनाले ट्याङ्क र बख्तरबन्दसहित सहरमा पस्ने र आणविक प्लान्ट नियन्त्रणमा लिने कोसिस गरेका थिए । तर गएको बुधबार स्थानीय नागरिकहरू र प्लान्टका कर्मचारीहरूले प्लान्टसम्म पुग्ने बाटो बन्द गरेका थिए ।

युक्रेनमा जापोरिज्जियासहित चारवटा सक्रिय परमाणु केन्द्रहरू रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds