प्रतिनिधि सभा बैठक करिब ८ मिनेट बसेर स्थगित

प्रतिनिधि सभा बैठक करिब ८ मिनेट बसेर स्थगित

samsad-baithak

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज करिब ८ मिनेट बसेर स्थगित भएको छ ।

नेकपा एमालेका सांसद्हरुले आजको प्रतिनिधि सभा बैठक पनि अवरोध गरेका हुन् । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुले वेल घेरेर नाराबाजी गर्न थाले ।

एमालेको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरेका छन् ।

 प्रतिनिधिसभाको अर्को बैठक फागुन २२ गते दिउँसो १ बजे बस्नेछ ।

एमालेले माधव नेपालसहितका १४ जना सांसदलाई कारबाही गर्नुपर्ने नभए सभामुखले राजीनामा दिनुपर्ने माग राख्दै २३ भदौ २०७८ देखि निरन्तर संसद अवरोध गर्दै आएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds