सुनको मूल्य एकै दिन १९ सय रुपैयाँले बढ्यो

सुनको मूल्य एकै दिन १९ सय रुपैयाँले बढ्यो

gold

पोखरा । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन तोलाको ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि मंगलबार छापावाला सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज तेजावी सुन तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ।

यसैगरी, बुधबार चाँदीको मूल्य ४० रुपैयाँले बढेको छ।

आज चाँदी तोलामा १३ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds