अमेरिकाद्वारा रुसी विमानमाथि प्रतिबन्ध

अमेरिकाद्वारा रुसी विमानमाथि प्रतिबन्ध

American Flag

काठमाडौँ । अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाएको छ । संसदलाई संबोधन गर्दै राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको घोषणा गरेका हुन् ।

अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसी विमानमाथि प्रतिबन्ध लगाएको छ । संसदलाई संबोधन गर्दै राष्ट्रपति जो बाइडेनले प्रतिबन्धको घोषणा गर्नुभएको बीबीसीले जनाएको छ ।

रुसबाट अमेरिकाका लागि हुने केही उडानहरु यसअघि नै रद्द भैसकेका छन् । बाइडेनले हवाई क्षेत्रमा गरेको प्रतिबन्धले रुसलाई एक्ल्याउने र उसको अर्थतन्त्रमा थप दवाव पुग्ने बताएका छन् । अमेरिकाले आफ्नो हवाई क्षेत्रमा रुसको स्वामित्वमा रहेका तथा रुसी कम्पनीद्वारा सञ्चालित विमानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको जनाइएको छ ।

रुसले युक्रेनमाथि आक्रमण शुरु गरेपछि युरोपेली राष्ट्र र क्यानडाले रुसी जहाजमाथि प्रतिबन्ध लगाइसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds