युक्रेनको दक्षिणी सहर खेरसन पनि रुसी सेनाको कब्जामा

युक्रेनको दक्षिणी सहर खेरसन पनि रुसी सेनाको कब्जामा

ukraine_kherson

काठमाडौँ । युक्रेनको दक्षिणी शहर खेरसन पनि रुसी सेनाको हातमा पुगेको छ ।

साढे २ लाख जनसंख्या रहेको सो शहरका मेयरले खानेकुरा र औषधि आपूर्तिको सुनिश्चितताका लागि सहायता निकाय तथा सरकारलाई गुहारेका छन् । घाइतेहरूको उद्धारमा सघाउन पनि उनले अपिल गरेका छन् ।

रुसी सेनाको हमलामा २०० सयभन्दा बढी व्यक्ति मारिएको र तीमध्ये अधिकांश सर्वसाधारण रहेको जनाइएको छ ।

यस्तै, रुसी सेनाले किएभ टेलिभिजन टावरमाथि हमला गर्दा पाँचजना मारिएका छन् । आक्रमणपछि टेलिभिजनका केही प्रसारण रोकिन पुगेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds