युक्रेनमा रहेका नेपालीलाई सीमा क्षेत्रमा जान सरकारको आग्रह

युक्रेनमा रहेका नेपालीलाई सीमा क्षेत्रमा जान सरकारको आग्रह

ucren

काठमाडौं । सरकारले युक्रेनमा रहेका नेपाली नागरिकलाई छिमेकी देशको सीमा क्षेत्रमा जान आग्रह गरेको छ ।

राजधानी किभमा कर्फ्यु खुकुलो पारेको भन्दै जर्मनीस्थित नेपाली दूतावासले युक्रेनको पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाको सीमा क्षेत्रमा जान आग्रह गरेको छ ।

युक्रेनको पूर्वी, उत्तरी र मध्य क्षेत्रमा रहेका नेपालीलाई सीमा क्षेत्रको सुरक्षित ठाउँमा आउन यो उपयुक्त मौका रहेको पनि नेपाली दूतावासले जनाएको छ । केही समस्या परेमा दूतावासमा सम्पर्क गर्न साथै गैर आवासीय नेपाली सङ्घका प्रतिनिधिसँग फोन सम्पर्क गर्न टेलिफोन नम्बर पनि सार्वजनिक गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds