तनहुँको देवघाट–३ का वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु, सोमबार शोक बिदा

तनहुँको देवघाट–३ का वडाध्यक्ष आलेको भिरबाट खसेर मृत्यु, सोमबार शोक बिदा

ale

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का वडाध्यक्ष कीर्तिमान आलेको भिरबाट खसेर निधन भएको छ ।

वडा कार्यालयबाट घर फर्किने क्रममा भिरबाट खसेर वडाध्यक्ष आलेको निधन भएको प्रहरीले जनाएको छ ।

बिहीबार देखि हराइरहेका वडा अध्यक्षको शव आइतबार अपरान्ह ४ बजे घरभन्दा माथि गोन्द्राङ्ग पाखा भन्ने भिरबाट ५० मिटर तल फेला परेको हो ।

वडा अध्यक्षको निधनमा गाउँपालिकाले सोमबार शोक बिदा दिएको छ । वडा कार्यालयका कार्यालय सहायक अनिरुद्र काफ्लेका अनुसार वडाध्यक्ष आले बिहीबार बेलुका साढे ५ बजे कार्यालयको काम सकेर घर जान्छु भनी हिंडेका थिए ।

घटनास्थलको सर्जिमिन मुचुल्कापछि शवको पोस्टमार्टमको लागि दमौली लगिएको प्रहरीले जनाएको छ ।

वडाध्यक्ष आले २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ