बनेपामा शंकास्पद वस्तु भेटियो, सवारी आवतजावतमा रोक

बनेपामा शंकास्पद वस्तु भेटियो, सवारी आवतजावतमा रोक

bom

काभ्रे । काभ्रेको बनेपा पुलबजार नजिक अरनिको राजमार्गमा शंकास्पद वस्तु फेला परेको छ ।

सडकमा रातो झोलाभित्र ‘नो एमसीसी, खतरा’ लेखेर राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो । उक्त क्षेत्रलाई आवागमन रोकेर नेपाल प्रहरीले सुरक्षीत राखेको छ ।

उक्त बस्तु बम भएको आशंका छ । उक्त बस्तुलाई नेपाली सेनाले डिस्पोजको तयारी गरेको छ ।

संसदबाट एमसीसी अनुमोदन भएसँगै आज विरोधमा आह्वान भएको बन्दका कारण ठाउँ ठाउँमा हिंसात्मक गतिविधीसमेत हुन थालेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपासहित विभिन्न ६ कम्युनिस्ट दल र २ मोर्चाले आज नेपाल बन्दको घोषणा गरेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds