पाेखरा नदीपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पीसीएम) ले शनिबार १ सय ४८ जना विद्यार्थीलाई दीक्षित गरेको छ।
समारोहमा पोखरा विश्वविद्यालयका म्यानज्मेन्ट संकायका डिन सह प्राडा दयाराज ढकाल र कलेज संचालक समिति अध्यक्ष प्राडा टंकनाथ शर्माले विद्यार्थीलाई दीक्षित गरे । कार्यक्रममा ढकालले कलेजको आफ्नै छुट्टै पहिचान रहेको उल्लेख गरे ।
दीक्षित विद्यार्थीबाट राष्ट्रले धेरै आशा गरेकोले त्यसमा तल्लिन हुन उनको सुझाव थियो । आफूले लिएको ज्ञानले देश र परिवारले गरेको आशा पूरा गर्न सक्नुपर्ने धारणा राखे।
कलेज संचालक समिति अध्यक्ष प्राडा शर्माले गण्डकी प्रदेश प्राकृतिक सौन्दर्यतामा निकै बलियो रहेको, सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि यो प्रदेश निकै धनी रहेको उल्लेख गरे ।

प्रिन्सिपल लिना नेगी श्रेष्ठले पोखरा कलेज अफ म्यानेज्मेन्ट गण्डकी प्रदेशको मात्र नभई उच्च शिक्षामा विशिष्टिकृत पहिचान दिंदै आएको मुुलुकको एउटा महत्वपूर्ण शैक्षिक संस्था भएको दाबी गरिन् ।
सन् २००२ मा २० जना विद्यार्थी लिएर सुरु भएको कलेज २० वर्षमा लागेको उनले जानकारी दिइन् । समारोहमा २०१५ ब्याचका १५, २०१६ ब्याचका ६८ र त्यसअघिका ५ गरी कुल १ सय ४८ जना विद्यार्थीलाई दीक्षित गरिएको थियो।
पोखरा विश्वविद्यालयबाट उपकुलपति पदक प्राप्त गर्न सफल कलेजकी विद्यार्थी विनु श्रेष्ठलाई सम्मान गरिएको थियो । उनी ३.९९ सिजिपिए ल्याउँदै पोखरा विश्वविद्यालयअन्तर्गत स्नातक तहमै सर्वोत्कष्ट भएकी थिइन् । यसैगरी, उत्कृष्ट अंक ल्याउँदै डिन लिस्टमा पर्न सफल १० जना विद्यार्थीलाई पनि सम्मान गरिएको थियो ।

यसैसाता पाेखरा विश्वविद्यालकाे दिक्षान्त समाराेह भएकाे थियाे ।
पियूको १७ औं दिक्षान्तमा गोल्ड मेडलिस्ट पीसीएमका बिनुसहित दिक्षीत
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते