भालुपहाड भीरबाट खसेर वाइसिएल नेता पौडेलको मृत्यु

भालुपहाड भीरबाट खसेर वाइसिएल नेता पौडेलको मृत्यु

Suwas-Pudel

पोखरा ।  माओवादी केन्द्र स्याङ्गजाका युवा नेता तथा वाइसिएल नेपालका केन्द्रिय स्वास्थ्य विभाग प्रमुख सुवास पौडेलको सडक दुर्घटनामा परी मृत्यु भएको छ।

पौडेलको शुक्रवार साँझ सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने स्याङ्गजाको भालुपहाड सडक खण्डमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो। पौडेल सवार मोटरसाइकल चिप्लेर सडकबाट अन्दाजी १०० मिटर तल खसेको बताइएको छ।

फेदिखोला निवासी पौडेल स्याङ्जा जिल्ला कार्यसमितिको बैठक सकेर घर फर्किने क्रममा दुर्घटनामा परेका हुन् । पाैडेल र माेटरसाइकल भीरमा अड्किएकाे अवस्थामा शनिवार मात्र फेला परेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ