पोखरा । देशभरको मौसम आज (शनिबार) बदली रही केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।
अहिले बिहान सुदूर पश्चिम र कर्णाली प्रदेशका भू(भागमा सामान्य बदली र बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ।
शनिबार दिउँसो देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा सामान्य बदली तथा अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, प्रदेशका केही स्थानहरुमा तथा बागमती र प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग/असिना सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
यस्तै, राती देशको सुदूर पश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा लगायत बागमती र प्रदेश १ का पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा अन्य क्षेत्रमा आंशिक बदली रहनेछ। सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ ।सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेश का उच्च पहाडी र हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन