जनता समाजवादी पार्टी (जसपा) का गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङसहित उच्च नेताहरू नै एमाले प्रवेश गरेका छन् । शुक्रबार पोखरामा नेकपा एमाले गण्डकी प्रदेश कमिटीद्वारा आयोजित अगुवा कार्यकर्ता तथा पार्टी प्रवेश कार्यक्रममा नेता गणेशमान सहितलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे ।
गणेशमानसहित जसपाका अन्य तीन केन्द्रीय सदस्य पनि एमाले प्रवेश गरेका छन् । केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इन्चार्ज देवीराज गुरुङ, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ, केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति बरिष्ठ उपाध्यक्ष दीपक तामाङ, तमुवान राज्य समिति उपाध्यक्ष टाँसीमाया गुरुङ र किसान विश्वकर्मा गण्डकी प्रदेश सदस्यहरु खड्गबहादुर गुरुङ, लक्ष्मण गुरुङ लगायत जसपा परित्याग गरी एमाले गरेका हुन् ।
कास्कीको धम्पुस निवासी गुरुङ यसअघि एमालेमै थिए। तर, तत्कालिन उपाध्यक्ष अशाेक राईसहितले २०६९ मा एमाले छाडेपछि उनी पनि संघीय समाजवादी पार्टीतिर लागेका थिए। पछि उपेन्द्र यादव नेतृत्वकाे मधेशी जनाधिकार फाेरमसँग संघीय समाजवादी एकीकरण भयाे । बाबुराम भट्टराइकाे नयाँ शक्ति मिसिएर जनता समाजवादी पार्टी भयाे । गणेशमान उक्त पार्टीकाे गण्डकी इञ्चार्ज हुन् । अब भने आफ्नो जिन्दगी नै एमालेमै बिताउने गुरुङले बताए ।
आफूले रुँदै एमाले छोडेको स्मरण गर्दै उनले सुनाए, ‘२०६९ साल भदौ ४ गते अरुले कसरी पार्टी छोड्नुभयो मलाई थाहा छैन । त्यतिबेला क्षेत्रीय कमिटीको अध्यक्ष थिएँ । जिल्ला कमिटीको बैठक राखेर सबै हिसाबकिताब बुझाएर साथीहरूसँग रुँदै छोडेको हुँ । आज कमरेड केपीले जुन आतिथ्यता दिनुभयो त्यसका लागि धन्यवाद । केपी कमरेडले जिन्दगी देशका लागि भन्नुहुन्थ्यो । अबको मेरो जिन्दगी नेकपा एमालेका लागि ।’
जसपा छाडेर एमाले रोजेपछि उनले भने – ‘हाम्रा गुरुङहरु भन्छन्, लाहुरे मलायाको लाहुरे पो लाहुरे, अरु के लाहुरे, पार्टी अरु पार्टी के पार्टी एमाले पो पार्टी, नेता अरु के नेता, केपी ओली पो नेता।’
जातीय पहिचान मुद्दा बोकेका गणेशमानको गण्डकी प्रदेशमा निकै राम्रो पकड छ । उनले वडा, प्रदेश कमिटीका र जसपामा रहेका एक हजार जना आफूसहित एमाले प्रवेश गरेको दाबी गरेका छन् ।
जसपा फुटको संघारमा रहेका बेला नेताहरू एमाले प्रवेश गरेका हुन् । पार्टी फुटाउने योजनामा रहेका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई प्रभावशाली नेता एमालेमा प्रवेश गरेसँगै गृहप्रदेशमा धक्का लागेको छ ।
१ हजार १ सय १० जना एमालेमा प्रवेश
जसपाका नेताहरूसहित विभिन्न पार्टीका नेता तथा कार्यकर्ता गरी १ हजार १ सय १० जना एमालेमा प्रवेश गरेकाे पार्टीले जनाएकाे छ । कांग्रेसबाट एमालेमा प्रवेश गर्नेहरुमा तरुण दल पोखरा १८ का उपसभापति शंकरजंग थापा, ट्रेड युनियन कांग्रेसका नवराज बिजुक्छे लगायत रहेका छन् ।
माओवादी केन्द्रबाट पोखरा ७ का पूर्व अध्यक्ष सूर्यबहादुर कार्की, माछापुच्छ्रे गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष टेकनाथ गौतम, प्रदेश कमिटी सचिवालय सदस्य राजु पराजुली लगायत प्र्वेश गरेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट कास्की जिल्ला सचिवालय सदस्य पोखरा १७ का चित्रराज बराल, कमल बराल, दीव्य कुमार बराल, तोरण लोहार लगायत एमालेमा प्रवेश गरे ।
राप्रपाका नेता एवं पोखराका पूर्व मेयर भीमसेन थापा पनि एमालेमा प्रवेश गरेका छन् ।
सामाजिक व्यक्तित्व डा. सुधीर पराजुलीसमेत पार्टी अध्यक्ष केपी शर्मा ओलीको हातबाट खादा लगाई एमालेमा विधिवत् प्रवेश गरेका छन् ।
यही फागुन २७ गते पनि जसपाको अर्को टोली एमाले प्रवेश गर्ने बझिएको छ । देवी सुवेदी लगायतको टोली प्रवेश गर्दैछन् । आज प्रवेश गर्नेहरु विगतमा जातिय पहिचानको लडाईंमा लागेका समूह हुन्, जाे उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट मानिन्छन् । अब प्रवेश गर्नेहरु भने संगठन विभाग प्रमुख खगराज अधिकारीको सक्रियता र समन्वयमा भित्रन लागेको बुझिएको छ । एमालेका केन्द्रीय स्तरका प्रभावशाली नेताहरु पार्टीलाई विशाल र समृद्ध बनाउन लागिरहेका छन् । आआफ्नो व्यक्तिगत च्यानल र सम्बन्धबाट निकट रहेका अन्य पार्टीका नेता एवं प्रभाव पार्न सक्ने कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउन भेटघाटमा सक्रिय देखिएका छन् ।
आम चुनाव आइरहँदा आन्तरिक प्रतिष्पर्धालाई अब बिर्सेर अघि बढ्नुपर्नेमा अध्यक्ष केपी शर्मा ओलीको पनि अप्रत्यक्ष रुपले जोड दिए । उनले कार्यक्रममै भने – ‘नागरिकहरु कहिले चुनाव अाउला, एमालेलाई भोट नि पाउँला भनेर पर्खिरहेका छन्, भित्रै आफैमा लडिरहेको पनि देखिन्छ । यस्तो हुनुुहुँदैन ।’
तस्वीरः परिचय
‘वान बाइ वान होइन, पाँचै दल एकैचोटि आऊ, सात दिन नउठ्ने गरी पछार्छौं’: ओली
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन