स्थानीय तह चुनावका लागि एमालेद्वारा दल दर्ता

स्थानीय तह चुनावका लागि एमालेद्वारा दल दर्ता

cpn uml

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तह चुनावका प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

आज (शुक्रबार) काठमाडौंको कान्तिपथ स्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो ।

निर्वाचन आयोगले निकालेको सूचनाअनुसार आयोगमा पुगेर दल दर्ता गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिए ।

सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गतेका लागि घोषणा गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ