अमेरिकाबाट धम्कीपूर्ण अभिव्यक्ति आउँदा आशंकाः माधव नेपाल

अमेरिकाबाट धम्कीपूर्ण अभिव्यक्ति आउँदा आशंकाः माधव नेपाल

Madhab-Nepal

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी अनुमोदन गर्न नसकिने बताएका छन् ।

आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालल एमसीसीबारे अमेरिकाले प्रष्ट पार्न खोजे पनि केही कुरामा अस्पष्टता रहेको बताए ।

एमसीसी सम्झौताका कतिपय प्रावधानहरु आपत्तिजनक रहेको भन्दै उनले आफूहरुले ती प्रावधानहरुलाई सच्याउनका लागि बारम्बार कुरा राख्दा पनि सच्चिन नसकेको गुनासो गरे ।

अध्यक्ष नेपालले एमसीसी अनुमोदनका लागि अमेरिकाबाट धम्कीपूर्ण अभिव्यक्ति आउनुले पनि यसप्रति अझ बढी आशङ्का बढाएको तर्क गरे । ‘अमेरिकीहरूको केही अभिव्यक्तिले गर्दाखेरी, यसैबीचमा सहायता नलिदाँखेरी नेपाललाई दबाव दिने टाइपबाट, धम्की दिने टाइपका शब्दहरू प्रयोग भए’ उनले भने, ‘यसले गर्दा झन आशंका बढाइदियो । शंका, उपशंका बढाइदिएको अवस्था छ ।’

उनले संसदमा टेबल गरिएको एमसीसीको सम्बन्धमा नेपालले कसैको दबाबबाट प्रभावित नभइ स्वतन्त्र ढङ्गले निर्णय लिनुपर्ने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds