पोखरा । आगामी वैशाखमा हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगमा अहिलेसम्म २९ वटा दल दर्ता भएका छन् ।
पछिल्लो पटक थप १९ वटा राजनीतिक दलले आयोगमा निवेदन दिएको आयोगले जनाएको छ । यसअघि दश वटा राजनीतिक दलले निवेदन दिएका थिए ।
आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि फागुन ५ गते सूचना निकालेर यही १६ गतेभित्र दल दर्ता गरिसक्न आह्वान गरेको थियो ।
आयोगका अनुसार अहिलेसम्म ६ वटा नयाँ दल पनि दर्ता भएका छन्। योसँगै आयोगमा दर्ता भएका दलको सङ्ख्या १०९ पुगेको छ।
सङ्घीय संसदमा प्रतिनिधित्व हुने र दलीय चुनाव चिह्न पाउने नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायतले स्थानीय तह चुनावका लागि अहिलेसम्म दल दर्ताको निवेदन दिएका छैनन् ।
दर्ता भएका दल:
जनता प्रगतिशील पार्टी
राष्ट्रिय जनमुक्ति पार्टी
सामाजिक एकता पार्टी
नागरिक उन्मुक्ति पार्टी
नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली)
साझा पार्टी नेपाल
समावेशी लोकतान्त्रिक पार्टी
जनमत पार्टी
मंगोल नेशनल अर्गनाइजेशन
नेपाल मजदूर किसान पार्टी
राष्ट्रिय नागरिक पार्टी
नेपाल लोकतान्त्रिक पार्टी
देशभक्त समाज
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
तराई मधेश लोकतान्त्रिक पार्टी
मौलिक जरोकिलो पार्टी
बहुजन एकता पार्टी नेपाल
वैज्ञानिक समाजवादी पार्टी
नेपाल सदभावना पार्टी
नेकपा (एकीकृत समाजवादी)
राष्ट्रिय प्रजातन्त्र पार्टी
तामाङसालिङ लोकतान्त्रिक पार्टी
नेपाल समावेशी पार्टी
राष्ट्रिय जनमोर्चा
राष्ट्रिय विकास पार्टी
नेपाल परिवार दल
खुम्बुवान राष्ट्रिय मोर्चा
नेपाल संसदीय समाजवादी पार्टी
सचेत नेपाली पार्टी।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते