पोखराको रक्षामार्गबाट २२५ एम्पुल लागु औषधसहित म्याग्दीका पुन पक्राउ

पोखराको रक्षामार्गबाट २२५ एम्पुल लागु औषधसहित म्याग्दीका पुन पक्राउ

Sandip-pun

पोखरा।  लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखराले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका -१० रक्षामार्गबाट अवैध लागु औषधसहित म्याग्दी जिल्ला रघुगंगा गाउँपालिका वडा नं -७ चिमखोला स्थायी घर भइ हाल रक्षामार्ग बस्दै आएका २१ वर्षीय सन्दिप पुनलाई प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखराबाट खटिएको संयुक्त प्रहरीको टोलीले उनको साथबाट लागु औषध डाईजापाम -७५ एम्पुल, फेनेरागन -७५ एम्पुल र नुर्फिन- ७५ एम्पुल गरी जम्मा २२५ एम्पुल लागु औषध वरामद गरेको हो।

पक्राउ उनीमाथि लागु औषध सम्बन्धी कसुर अन्तर्गत जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds