तनहुँमा ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ठेकेदार पक्राउ

तनहुँमा ३५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा ठेकेदार पक्राउ

rape

तनहुँ ।   तनहुँमा एक मजदुर महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले ठेकेदारलाई पक्राउ गरेको छ।

जिल्लाको भानु नगरपालिका वडा नं -२ बाह्रबिसेस्थित डुम्रे-वेशीसहर सडक खण्ड निर्माणको लागि लेवर क्याम्पमा कार्यरत ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सोही लेवर क्यामका ठेकेदारलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा संखुवासभा चैनपुर नगरपालिका-२ महिम बस्ने ४० वर्षीय शिव न्यौपाने छन्। पीडित महिलाले न्यौपाने विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबर्जस्ती करणीको जाहेरी दिए पश्चात बुधबार दिउँसो ईलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds