निक्षेपकर्ताहरूको सवा ६ करोड रकम ठगी गर्ने सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ

निक्षेपकर्ताहरूको सवा ६ करोड रकम ठगी गर्ने सहकारीका अध्यक्ष र उपाध्यक्ष पक्राउ

thag

सहकारीका निक्षेपकर्ताको ६ करोड २५ लाख रुपैयाँ हिनामिना गरी फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-३१ पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका १५ जना निक्षेपकर्ताहरूको ६ करोड २५ लाख रुपैयाँ रकम ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा उक्त सहकारी सञ्चालक समितिका अध्यक्ष काठमाडौं महानगरपालिका-३० बस्ने ४२ वर्षीय सुरज बस्नेत र उपाध्यक्ष काठमाडौं महानगरपालिका-१६ पकनाजोल बस्ने ५७ वर्षीय शिव पाण्डे रहेका छन् ।

ब्यूरोका अनुसार उनीहरुले आफुखुशी सहकारी संस्थाको खातामा नराखि आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखि १५ जना निक्षेपकर्ताहरुको ६ करोड २५ लाख रुपैयाँ रकम दुरुपयोग गरेका थिए ।

निक्षेपकर्ताले आफ्नो रकम भुक्तानी फिर्ता माग्दा सहकारी संस्थामा ताला लगाई फरार रही सहकारी ठगी कार्यमा संलग्न रहेको भन्ने जाहेरीका आधारमा बस्नेत र पाण्डे पक्राउ परेका हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ