बञ्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

बञ्चरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बञ्चरो प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

बलेफी गाउँपालिका–१ ठाटिकुना बनकालीकामा स्थिानीय २८ वर्षीया लक्ष्मी बस्नेत तामाङलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा उनका श्रीमान ३२ वर्षीय जीवन तामाङ पक्राउ परेका हुन् ।

उनलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

दाउरा चिर्ने विषयमा विवाद हुँदा जीवनले आफ्नै श्रीमतीलाई बञ्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

बञ्चरो प्रहारबाट गम्भीर घाइते लक्ष्मीको जिल्ला अस्पताल चौतारामा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ