पोखरा। लागु औषध मुद्धामा पक्राउ परेका पोखरा नयाँबजारका आशिष राना ‘लाउरे‘ लाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ। लागु औषध ब्राउन सुगरको प्रयोग तथा कारोवार गरेको अभियोगमा गत पुस १४ गते पोखराको जाल्पारोडबाट पक्राउ परेका उनलाई न्यायाधीश बाबुराम सुवेदीकाे इजलासले आज ५० हजार धरौटीमा छाड्न आदेश दिएको हो।
यसअघि लाउरेलाई पहिलो पटक ८ दिन र दोस्रो पटक १७ दिनका लागि म्याद थप गरिएको थियो । प्रहरीले उनीसंगै पोखरा महानगरपालिका वडा नम्बर २१ घर भएका ३९ वर्षीय ध्रुव थापा, रुपा गाउँपालिका वडा नम्बर ७ घर भएका बिक्की भन्ने ३० वर्षीय नवीनकुमार गुरुङ र पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने २२ वर्षीय सुस्मिता गुरुङलाई पक्रेको थियो। उनीहरुलाई भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको जिल्ला अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए ।
सम्बन्धित खबर
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
दीपक मनाङे डिल्लीबजार कारागार चलान
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते