बैतडीमा टिप्पर दुर्घटना हुँदा ४ जनाको मृत्यु

बैतडीमा टिप्पर दुर्घटना हुँदा ४ जनाको मृत्यु

accident-photo

बैतडी । बैतडीको पाटन नगरपालिका–३ को झालीमालीमा टिपर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा पाटन–३ का ४५ वर्षीय जनकराज पन्त, सोही ठाउँका १२ वर्षीय ज्ञानु विष्ट, १७ वर्षीय ललित अवस्थी र १२ वर्षीय राजु पन्त रहेका छन् ।

प्रहरीका अनुसार राजुको उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको र तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार दिउँसो गरूडाबाट धुरातर्फ काठ ल्याउन जाँदै गरेको अवस्थामा बा ३ ख४८७९ नम्बरको टिपर झालीमालीमा दुर्घटनामा परेको हो । टिपर सडकबाट तीन सय मिटर तल झरेको बताइएको छ ।

टिपरमा बैतडीको सिगास माध्यमिक विद्यालयका विद्यार्थीहरू रहेको बताइएको छ । टिप्परमा २५ जना विद्यार्थी चढेका थिए । घाइते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

टिपर फर्काउने क्रममा दुर्घटनामा परेको पाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ