तनहुँमा करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु

तनहुँमा करेन्ट लागेर २४ वर्षीय युवकको मृत्यु

corent

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाल्नीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–५ बस्ने २४ वर्षीय सोमबहादुर मगर रहेका प्रहरीले जनाएको छ ।

रिमाल्नीस्थित पृथ्वीराजमार्गमा ट्रकमा डोजर लोड गर्दै गर्दा विद्युत्को तार टच हुँदा उनको करेन्ट लागेको हो ।

करेन्ट लागेर घाइते भएपछि डुम्रेस्थित लक्ष्मी अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds