विश्वकप छनोटः क्यानडा ८० रनमै अलआउट, सन्दीपले लिए ३ विकेट

विश्वकप छनोटः क्यानडा ८० रनमै अलआउट, सन्दीपले लिए ३ विकेट

Nepali cricket teem jimbabwe

काठमाडौँ । आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालसँगको खेलमा क्यानडा ८० रनमै अलआउट भएको छ ।

ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा ८० रनमा समेटियो ।

क्यानडालाई कम रनमै रोक्न नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी र अविनाश बोहराले दुई विकेट लिँदा कुशल मल्लले एक–एक विकेट लिए ।

यो खेलमा नेपाल विजेता भए सेमिफाइनलमा समूह ’ए’ को उपविजेता यूएईसँग खेल्नेछ । यस्तै नेपाल उपविजेता भए समूह ’ए’ को विजेता आयरल्यान्डसँग खेल्नेछ ।

सेमिफाइनल खेल भोलि मङ्गलबार र फाइनल खेल आउँदो बिहीबार हुनेछ । फाइनल पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कप खेल्न पाउनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ