आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि मनाइँदै

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि मनाइँदै

matri-bhasha

पोखरा । आज (सोमबार) अन्तर्राष्ट्रिय मातृभाषा दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।

संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो ।

२०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषा बोलिन्छ । यो सङ्ख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको सङ्ख्याभन्दा पनि बढी हो । सांस्कृतिक एकताको मुख्य पाटो मानिने भाषाको उचित संरक्षण र संवद्धन हुन नसक्दा नेपालमा बोलिने झण्डै ४० प्रतिशत भाषा सङ्कटमा परेको भाषा आयोगले बताएको छ ।

आदिम समुदायका मातृभाषा विद्यालयको प्रयोगमा नहुँदा र सार्वजनिक जीवनमा समेत प्रयोग नहुँदा यी भाषा सङ्कटमा परेको आयोगको भनाई छ ।

एक हजार जनाभन्दा कम वक्ता भएका नेपालका ३७ वटा भाषाको संरक्षणमा भाषा आयोगले काम गरिरहेका जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds