पोखरेलीले सम्भवतः पहिलो पटक हिउँ झैं असिनासँग घर आँगनमै खेले । हिउँदे समयमा इतिहासमै बाक्लो र धेरै असिना प¥यो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकोमा १ घण्टा बाक्लो मात्रामा परेको असिनाले पोखराका अधिकांश सडकहरुे सेताम्मे बनेका थिए ।
असिनाले सडक छिचोल्न नसक्दा लामो समय ट्राफिक जामको सास्ती खेप्न बाध्य बने । पोखराको न्यूरोड, नयाँबजार, महेन्द्रपुल, गैह्रापाटन, चिप्लेढुंगा, नदीपुर, बगर, रानीपौवा, अमरसिंहचोकको भाग असिनाले छोप्दा सवारी चल्न हम्मे हम्मे बनायो । करीब ४ घण्टा सडक अवरुद्ध भयो । बालबालिका र विद्यार्थीहरु विद्यालयमै अड्किए । साँझ हिँड्दै घर फर्किए ।

असिना पानीले सडक अवरुद्ध हुँदा चालक र पैदलयात्रु सडकमै रोकिन बाध्य भएका थिए । फुटट्रयाकमा हिँड्न समेत मुस्किल थियो । दुई पाङ्ग्रे सवारी चिप्लिएर धेरै लडेको देखिन्थ्यो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुन्दर तिवारीले ट्राफिक जाम हुँदा ५ सय बढी ट्राफिक प्रहरी परिचालन गरिएको बताए । साथै, असिना पन्छाउन पनि प्रहरी खटाइएको थियो । सशस्त्र प्रहरीको टोली पनि हातमा सावेल बोकेर असिना पन्छाउन पुगे । एक्साभेटरको सहायताले नयाँबजार, महेन्द्रपुलदेखि पालिखेचोकको असिना पन्छाइएको थियो ।

रातभर पनि असिना नपग्लने भएकाले रातिको समयमा सवारी चलाउँदा होसियार हुनुपर्नेछ । एक्साभेटरको सहायताले असिना हटाएर यातायात सहज बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कृषक मर्कामा
असिनाले कृषिबालीमा भने क्षति पुगेको छ । असिनाका कारण हिउँदे बाली तथा काउली, बन्दा लगायतका तरकारी र कौसी खेतीमा क्षति पु¥याएको महानगर कृषि विकास महाशाखाले जनाएको छ । महानगरका वडा नं १८, २०, १६, २५, २२, १४ लगायत कृषि उत्पादन बढी हुने क्षेत्रका कृषक असिनाबाट पीडित बनेका छन् । आलु खन्ने समयमा असिना र पानी पर्दा आलु कुहिने सम्भावना बढी हुँदा कृषक मर्कामा पर्छन् ।

सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो