पोखरा । लम्जुङको मर्स्याङदी गाँउपालिका ५ बडलविसौना स्थित सूर्योदय प्राविका विद्यार्थीलाई लामा अमृत फाउडेशन घान्द्रुकले लत्ताकपडा सहित शैक्षिक सामाग्री सहयोग गरेको छ ।
फाउन्डेशनका संस्थापक अमृत गुरुङले स्थानिय बाघेता युनाईटेड क्लबको अध्यक्ष विष्णु गुरुङको पहलमा २२ जना विद्यार्थीलाई ज्याकेट, झोला सहित कापी लगायतका शैक्षिक सामाग्री स्कुलमै पुगेर सहयोग गरेका हुन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहेका स्थानीय टोल विकास संस्थाका अध्यक्ष शिवजी गुरुङले फाउण्डेशनको सहयोग प्रति आभार व्यक्त गरे ।
उनले स्थानिय क्लबको अध्यक्ष विष्णु गुरुङको पहलमा सहयोग गाउँमा भित्रिएको बताउदै भने, ‘हाम्रो यस्तो कुनामा पनि यस्तो सहयोग आउँछ भन्ने सोचेका पनि थिएनौ । बाघेताका अध्यक्ष विष्णु र फाउण्डेशनको संस्थापक ज्यूलाई धेरैधेरै धन्यवाद दिन चाहान्छु ।’
गुरुङले गरेको सहयोगप्रति खुशी व्यक्त गर्दै सकरात्मक सन्देश गएको बताए । यसैगरी बाघेता युनाईटेडका अध्यक्ष विष्णु गुरुङले फुटबलको क्षेत्रमा मात्रै काम गर्दै आएको बताउदै सामाजिक कार्यमा पनि पहल गर्ने उद्देश्य सहित लामा फाउण्डेशनलाई गुहारेको बताए । क्लबहरुले खेलको क्षेत्रमा मात्रै नभएर सामाजिक क्षेत्रमा पनि काम गर्नुपर्ने धारणा राख्दै अन्य क्लबको लागि सन्देश प्रवाह हुनेमा विश्वास व्यक्त गरे ।
यसैगरी लामा फाउण्डेशनका संस्थापक अमृत गुरुङले सामाजिक उत्तरदायित्व बोध गर्न लम्जुङको थाल्जुङ गाउँको विद्यालयमा सहयोग गरेकोे बताए । उनले ८० हजार बराबरको सामग्री सहयोग जुटाएको बताउदै विद्यार्थीको पठनपाठनमा सो सहयोगले थप टेवा पुर्याउने बताए । ‘बालबालिका भनेको भविष्यको कर्णधार हुन्, त्यसैले उनीहरुको पठनपाठनमा कमी दिनु हुदैन, उनले भने, ‘त्यही सोचेर मैले पहिलो पटक लम्जुङ आएर सहयोग गरेको हुँ।’
उनले आफ्नो अभियानलाई सफल पार्न देश तथा विदेशमा रहेका ईष्टमित्रबाट सहयोग रकम जुटाएर विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको बताए ।
यसअघि लामा अमृत फाउण्डेशन घान्द्रुकले जोखिम रहेको कास्कीको अन्पूर्ण गाउँपालिका १० कलाभिरमा करिब १ लाख ४५ हजारको लागतमा रेलिङ निर्माण गरेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर्खा घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका सरीता गुरुङले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् भने प्रधानाध्यापक किर्ति घलेले कार्यक्रम संचालन गरेका थिए ।
सम्बन्धित खबर
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
नागीधार महोत्सव एक दिन थप
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
तेस्रो वडा अध्यक्ष कपको उपाधि बौदीकालीलाई
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर