एमसीसीबारे छलफल गर्न गठबन्धनको बैठक आज पनि बस्दै

एमसीसीबारे छलफल गर्न गठबन्धनको बैठक आज पनि बस्दै

gathabandhan

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे पाँचै दलको बैठक बस्ने बताइएको छ ।

एमसीसीको विषयलाई लिएर पाँचै दलबीच मत भिन्नता छ । नेपाली कांग्रेस एमसीसी पक्षमा छ भने नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चा विरोध गरिरहेका छन् ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)ले संसद्मा पेश हुन नरोक्ने तर, संशोधन भएसम्म यसको पक्षमा नउभिने जनाएको छ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष पारित गर्ने पक्षमा छ भने अध्यक्ष उपेन्द्र यादव पक्ष पारित गर्न नहुने पक्षमा देखिएको छ ।

प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले भने यसको विषयमा कुनै निर्णय गर्न सकेको छैन । यस विषयमा निर्णय गर्ने जिम्मामा शीर्ष नेताहरुलाई दिएको छ ।

आज बस्ने गठबन्धनको बैठकले निकास दिने गरी निर्णय गर्ने जनाइएको छ । आजै दिउसो १ बजे प्रतिनिधिसभाको बैठक पनि बस्न लागेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds