पोखरा । प्रेस चौतारी नेपालको ९ औं महाधिवेशनको तयारीस्वरुप विभिन्न कार्य प्रारम्भ भएका छन् । महाधिवेशन यही फागुन २७ देखि पोखरामा आयोजना हुँदै छ । महाधिवेशन मूल व्यवस्थापन समितिले यसअघिको बैठकबाट गठित उपसमितिसँग छलफल तथा कार्यप्रगतिबारे छलफल सुरु गरेको छ ।
शनिबार अर्थ संकलन, आवास, प्रचारप्रसार, मञ्च, स्वास्थ्य, अतिथि सत्कार, स्वागत गेटसहितका उपसमितिसँग केन्द्रीय उपाध्यक्ष तथा महाधिवेशन मूल व्यवस्थापन समिति संयोजक गणेश पाण्डे र सचिव रामकृष्ण ज्ञवालीको उपस्थितिमा छलफल भयो ।
मूल व्यवस्थापन समितिको बैठक आइतबार पोखरामा बस्ने संयोजक गणेश पाण्डेले जानकारी दिए । पूर्वसन्ध्यामा उपसमितिले गरेका कार्य प्रगति र कोरेको खाकाबारे मूल व्यवस्थापन समितिलाई जानकारी गराएका थिए । महाधिवेशन समयसम्म उपसमितिसँग विभिन्न चरणमा बैठक तथा छलफलको आयोजना गरिने मूल व्यवस्थापन समितिले जनाएको छ ।
महाधिवेशनलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने भएकाले उत्सवकै रुपमा सम्पन्न गर्ने गरी तयारी गरिएको सोहीअनुसारको जिम्मेवारीमा जुट्न संयोजक पाण्डेले आग्रह गरे ।
सम्पूर्ण रुपले महाधिवेशनलाई उत्कृष्ट बनाउन चौतारीका सबै सदस्यहरुको साथ सहयोगले मात्र सम्भव हुने मूल व्यवस्थापन समिति सचिव रामकृष्ण ज्ञवालीले बताए । महाधिवेशनलाई भड्किलो भन्दा पनि सभ्य र रचनात्मक रुपमा सफल बनाउनु पर्ने अर्थ संकलन समिति संयोजक पुण्य पौडेलले बताए ।
प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले मूल व्यवस्थापन समितिसँगको समन्वयमा आयोजक जिल्लाको तर्फबाट व्यवस्थापनमा कुनै कमी नहुने प्रतिबद्धता जनाए ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो