पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले दुषित मनसायले आएको अनुदान नेपाललाई स्विकार्य नहुने बताएका छन् । पोखरा २२ को (पुम्दी भुम्दी) स्थित विश्व शान्ति स्तुपाः मा विश्वकर्मा समाज नेपालले स्थापना गर्न लागिएको उक्त संग्रहालय भवनको शनिबार एक समारोहका बिच शिलन्यास गर्दै माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले उक्त कुरा बताएका हुन् ।
अमेरिकी परियोजना एमसीसी दुषित मनसायले आउन लागेकोले त्यस्तो अनुदान नेपाललाई स्विकार्य नहुने बताउदै मन्त्री बरालले नेपालको आर्थिक विकास र समृद्धिमा अमेरीका, जापान, वेलायत लगायतका देशबाट सहयोग लिदै आए पनि दुषित मनसाय वा राष्ट्यि हित विपरित आउने कुनै सहयोग नेपालको लागि कुनै हालतमा स्विकार्य नहुने जनाएका हुन् ।
अन्य समुदायको दाजोमा नपुग्दासम्म उत्पिडनमा परेकालाई अवसर दिनुपर्ने बताउदै मन्त्री बरालले केही समयको लागि हाल उत्पिडनमा परेकाको लागि क्षती पुर्ति स्वरुप अवसर दिनै पर्ने धारणा व्यक्त गरेका हुन् । कला, सिप र सृजना भएका व्यक्तिलाई अपमान नभई मौका र अवसर दिनुपर्ने उनले बताए । अझै उत्पिडनमा परेकाहरुको अधिकार सुनिश्चित नभएकोले आफ्नो अधिकार प्राप्तीको सुनिश्चितता नहुदासम्म एक भई लड्न आवश्यक भएको मन्त्री बरालको भनाई थियो । उनले भने, “उत्पिडनमा परेका दलित समुदायका व्यक्तिहरुले सुकिलोमुकीलो व्यक्तिहरुसंग आँखा जुधाएर कुरा गर्न नसक्ने अवस्थाबाट जनयुद्धको जागरणले हाल कुरा गर्न सक्ने अबस्थामा पुगेका छन्।” उक्त भवन सहितको संग्रहालय निर्माणमा सक्दो पहल गर्ने मन्त्री बरालले जनाए ।
प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुंवरले उक्त संग्राहलयले पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । पदमार्गले पर्यटकहरुलाई थप आकषर्ण गर्ने हुदा यस क्षेत्रमा पदमार्गको विकासमा समेत ध्यान दिंदै विश्वकर्मा समुदायको छोटो बृत्त चित्र समेत निर्माण गर्न उनले सुझाव दिए ।
प्रदेशका शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुंवरले उक्त संग्राहलयले पर्यटन प्रबद्र्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे । पदमार्गले पर्यटकहरुलाई थप आकषर्ण गर्ने हँुदा यस तर्फ ध्यान दिन उहाँले स्थानियलाई आग्रह गरे ।
पोखरा महानगरपालिका वडा नम्बर २२ का वडा अध्यक्ष मित्रलाल बरालले उक्त भवन निर्माणमा सहयोग गर्ने बताए । समाजमा अझै पनि हुने गरेको विभेदको अन्त्य गर्नुपर्ने उनले बताए । वडा सदस्य मात्रिका प्रसाद बरालले उक्त भवन निर्माण गर्न आफुहरुले पनि केही सहयोग गर्ने जनाए । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य त्रिभुवन पौडेलले १० बर्षीय जनयुद्धले गर्दा समाजमा जागरुकता आएको बताउदै उक्त संग्राहलय निर्माणमा सहयोग गर्ने बताए । माओबादी केन्द्र पोखरा २२ का अध्यक्ष नवराज बरालले उक्त संग्राहलय गाउँकै पहिचान हुने बताए । पर्यटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीका निजी सचिव नविन विश्वकर्माले विश्वकर्माहरुले आफ्नो पहिचान छाड्न नहुने बताउदै आफ्नो जात छोड्दा जनसङख्या नै घटेको तथ्याङक आएको गुनासो गरे ।
समाजका अध्यक्ष गणेश बहादुर विश्वकर्माको अध्यक्षतामा उक्त समारोह सम्पन्न भएको सचिव सन्तोष दीयालीले बताए । पोखरा २२ को (पुम्दी भुम्दी) स्थित विश्वशान्ति स्तुपा नजिक विश्वकर्मा समुदायको संग्राहलय स्थापना गर्न हाल भवन निर्माण गर्न लागिएको अध्यक्ष विश्वकर्माले बताए । समाजको पहिलो चरणमा करिब १४ लाखको लागतमा संग्राहलय भवन निर्माण गर्ने भएको उनले जनाए । सामाजिक विकास मन्त्रालयबाट उक्त भवन निर्माणको लागि १० लाख बजेट विनियोजन भएको सचिव दियालीले जनाए ।
सम्बन्धित खबर
नागीधार महोत्सव एक दिन थप
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
तेस्रो वडा अध्यक्ष कपको उपाधि बौदीकालीलाई
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी