पोखरामा डिजल भर्ने क्रममा खसालेको एक लाख रुपैयाँ सिसिटिभीको मद्दतले यसरी फेला पर्यो

पोखरामा डिजल भर्ने क्रममा खसालेको एक लाख रुपैयाँ सिसिटिभीको मद्दतले यसरी फेला पर्यो

rambajaar

पोखरा।  पेट्रोल पम्पमा तेल हाल्ने क्रममा हराएको नगद फेला पारी प्रहरीले सम्बन्धित व्यक्तिलाई फिर्ता दिएको छ।

गत मंगलबार पोखरा महानगरपालिका -१० रंगशाला गेट अगाडि रहेको शारदा पेट्रोल पम्पमा तेल भर्ने क्रममा हराएको नगद एक लाख फेला पारी प्रहरीले सम्बन्धित व्यक्तिलाई फिर्ता दिएको हो।

प्रहरीका अनुसार मंगलबार अन्दाजी बिहान ५ :४० बजेको समयमा उक्त पेट्रोल पम्पमा ग १ ख ७२३२ नंवरको टिपरले तेल हाल्ने क्रममा एक लाख रुपैयाँ खसालेको भनी बुधबार खोजतलास गरिदिन भन्दै वडा प्रहरी कार्यालय रामबजारमा कृष्ण बहादुर क्षेत्रीले निवेदन दिएका थिए। निवेदन पश्चात उक्त कार्यालयबाट खटिएको प्रहरीको टोलीले सोही पेट्रोल पम्पको सिसिटिभी फुटेज हेर्दा ग ३ च २१६३ नंवरको महेन्द्र भ्यानका व्यक्तिले नगद टिपेर लगेको देखिएको थियो।

त्यसपश्चात उक्त भ्यानलाई झिकाएर सोधपुछ गर्दा पैसा भेटाएको स्वीकार गरी फिर्ता दिएकोमा प्रहरीले समबन्धित धनीलाई कार्यालयमा बोलाएर उक्त रकम आज फिर्ता दिएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds