काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी दर्ता भएको छ ।
नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल तथा नेताहरू योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध भ्रष्टाचारको उजुरी दर्ता गरेको हो ।
अनेरास्ववियुको तर्फबाट बाग्मती प्रदेश संयोजक दीपक बुढाथोकीको हस्ताक्षरमा बिहीबार आयोगमा दिएको उजुरीमा झापास्थित गिरीबन्धु टी स्टेटको जग्गा ऐन संशोधन गरेर हिनामिना गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालविरुद्ध उजुरी दर्ता भएको छ ।
यस्तै कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालविरुद्ध तथा नेपाल भ्रमण वर्ष २०२० को नाममा व्यापक अनियमितता गरेको आरोपमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरुद्ध उजुरी दर्ता भएको अख्तियारले जनाएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते