सत्यतथ्य छानबिनमा सहजताका लागि कानुनी सल्लाहकारलाई पदमुक्त [विज्ञप्तिसहित]

सत्यतथ्य छानबिनमा सहजताका लागि कानुनी सल्लाहकारलाई पदमुक्त [विज्ञप्तिसहित]

Kamal-Pakrau

पोखरा महानगरपालिकाका कानुनी सल्लाहाकार अधिवक्ता कमलप्रसाद अर्याल ठगी आरोपमा पक्राउ परेपछि मेयर मानबहादुर जिसीले पदमुक्त गरे ।

मंगलबार राति नै मेयरले सार्वजनिक सूचना मार्फत् पदमुक्त गरेकोमा महानगर प्रमुखको सचिवालयबाट प्रेस संयोजक माधव बरालले बुधबार विहानै विज्ञप्ति जारी गर्दै घटना सम्बन्धमा पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

विज्ञप्तिमा उल्लेख छ– ‘उक्त घटनाको सत्यतथ्य छानबिनमा सहजताका लागि पोखरा महानगरपालिकाको नगर प्रमुख स्तरीय निर्णयबाट निज अर्याललाई पक्राउ परेको मिति २०७८ फागुन ३ गतेका दिन देखि नै कानुनी सल्लाहकारको जिम्मेवारीबाट पदमुक्त गरिएको व्यहोरा सबैमा जानकारी गराउँदछौं ।’

साथै, घटनाको निष्पक्ष छानबिनका लागि सरोकार तथा सम्वद्ध निकायलाई पोखरा महानगरपालिकाले आग्रह गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds