पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रत आज समापन हुँदै छ ।
हिन्दु धर्मावलम्बीहरुले पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूणिर्मासम्म (एकमहिना) श्रद्धापूर्वक पढ्दै र सुन्दै आएको स्वस्थानी व्रत कथा आज समापन हुन लागेको हो ।
स्वस्थानी व्रतकथा समापनका लागि विगत वर्षजस्तै आज पनि शालीनदी, भक्तपुरको हनुमानघाटलगायत स्थानमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनामा स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पुस शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए ।
माधवनारायणको व्रत बसेका व्रतालुले पनि बुधबार नै व्रत समापन गर्दैछन् । व्रत समापनमा सहभागी हुन साँखु र त्यस वरपरको क्षेत्रका बासिन्दालाई निम्तो गरिएको छ । बज्रयोगिनी माईलगायत साँखु बजार बाहिर पनि सुन्ने गरी गर्ने शंख बजाएर व्रत समापनको निम्ता गर्ने प्राचीनकालदेखिको विधि छ । व्रत समापनलाई स्थानीयले अश्वमेध यज्ञ गर्ने पनि भन्छन् ।
साँखु शालीनदीमा यस वर्ष १०६ महिला र १९ पुरुष गरी १२५ व्रत बसेका छन् । माघ महिनामा स्वस्थानी र माधवनारायणको व्रत गरेमा मनोकांक्षा पूरा हुने र सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।
सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनारायण र श्रीस्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
धर्म, अध्यात्म र साधना असल संस्कार र संस्कृतिका निर्माताः प्रदेश प्रमुख भट्ट
नेपालकै पहिलो नवग्रह मन्दिर अर्जुनचौपारीमा बन्यो
आज माघ शुक्ल पूर्णिमाः स्वस्थानी व्रत समापन गरिँदै
आज श्रीपञ्चमी पर्व, वसन्त श्रवण र सरस्वती पूजा गरिँदै
आज तामाङ समुदायले सोनाम ल्होछार मनाउँदै
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो