प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि बुधबार नै अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश हुने विश्वास व्यक्त गरेका छन् । उनले आजै फोन गरेर सभामुख अग्नि सापकोटालाई कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउन निर्देशन पनि दिएका छन् ।
आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकमा सभापति एवं प्रधानमन्त्री देउवाले सभामुख सापकोटासँग यस विषयमा परामर्श भइसकेकोले भोलि नै संसदमा पेश हुनेमा आफू विश्वस्त रहेको बताएका थिए ।
कांग्रेस महामन्त्री गगन थापाले आजको बैठकले एमसिसी पेश गर्ने र पारित गर्नका लागि पक्षमा मतदान गर्ने पार्टीको निर्णय रहेको बताए । साथै, उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत एमसीसीमा साथ दिने र सत्तारुढ माओवादी केन्द्र समेत यसको पक्षमा उभिने विश्वास आजको बैठकमा व्यक्त भएको बताए ।
कांग्रेसको संसदीय दलको बैठकमा सांसदहरुले एमसिसी नेपालको हितमा रहेको भन्दै पारित गर्नुपर्नेमा जोड दिएका छन् ।
एमसीसी संसदमा पेस हुन्छ : कानूनमन्त्री
कानूनमन्त्री दिलेन्द्रप्रसाद बडुले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने बताए । कांग्रेस संसदीय दलको बैठक चलिरहँदा बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सम्भवतः भोलिको सदनमा एमसीसी पेस हुने बताएका हुन् ।
पूर्वअर्थमन्त्री रामशरण महतले एमसीसीबारे कांग्रेस सांसदलाई ब्रिफिङ गरेको मन्त्री बडुको भनाई छ । सत्ता गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणामाथि महाअभियोग लगाएपछि उत्पन्न राजनीतिक परिस्थिति र पेचिलो बन्दै गएको छ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते