गण्डकीमा थप ४८ जनामा कोरोना संक्रमण, दुईको मृत्यु पुष्टि

गण्डकीमा थप ४८ जनामा कोरोना संक्रमण, दुईको मृत्यु पुष्टि

corona-51

पोखरा।      पछिल्लो २४ घण्टामा गण्डकीका थप ४८ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १९८ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

मंगलबार संक्रमण पुष्टि हुनेमा गण्डकीका ८ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २३ जना, तनहुँका २ जना, लमजुङका ४ जना र नवलपुरका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै, स्याङ्गजाका ४ जना, पर्वत ६ जना, बाग्लुङका ५ जना र म्याग्दी जिल्लाका ३ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १ लाख १५६४ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट १२१ संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ९९ हजार १५४ पुगेको छ। भने, अहिले प्रदेशभर ९४९ सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टाना गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ।  मृतक कास्की जिल्ला माछापुछ्रे गाउँपालिका -१ निवासी ८२ वर्षीय वृद्ध र पोखरा महानगरपालिका -१४ निवासी ८८ वर्षीया वृद्धा छन्। योसँगै, गण्डकीमा हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १४६१ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ