पोखरा । हालः बहराइनमा कार्यरत दाजुभाइ रामबहादुर थापामगर र हेमबहादुर थापामगरले आफ्ना दिवंगत बाबु आमाको सम्झनामा नेपाल मगर संघ, कास्कीलाई आर्थिक सहयोग गरेका छन् ।
नेपाल मगर संघ, कास्कीको भौतिक स्तरोन्नतिका लागि रामबहादुर र हेमबहादुरले आफ्ना दिवंगत बाबु स्व. बालसिंह थापामगर र आमा स्व. विष्णुकुमारी थापामगरको स्मृतिमा ५० हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् । सो सहयोग रकम सोमबार नेपालका प्रथम शहीद लखन थापामगरको १४५ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेपाल मगर संघ, कास्कीकी जिल्ला सचिवालय सदस्य देउकुमारी थापामगरले अध्यक्ष संगीता पुनमगरलाई हस्तान्तरण गरिन् ।
सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सल्लाहकार बालासिंह काउछामगर, नेपाल मगर संघ, कास्कीकी उपाध्यक्ष बुद्धिमाया थापामगर, सचिव रामबहादुर थापामगर, सह–सचिव लालबहादुर रानामगर, कोषाध्यक्ष चन्द्रबहादुर पुर्जामगर, नेपाल मगर पत्रकार संघका केन्द्रीय उपमहासचिव रूद्रबहादुर श्रीसमगरलगायतको उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ