वरिष्ठ साहित्यकार ताना शर्माको निधन

वरिष्ठ साहित्यकार ताना शर्माको निधन

Taranath_Sharma

पोखरा । वरिष्ठ साहित्यकार तारानाथ शर्माको निधन भएको छ । ताना शर्माका नामबाट लोकप्रिय उनको ८७ वर्षको उमेरमा आज निधन भएको हो ।

विसं १९९१ असार ९ गते इलामको बरबोटमा जन्मिएका शर्मा ‘झर्रोवादी आन्दोलन’का एक अगुवा थिए । साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेखेका छन् ।

डा.शर्माले ‘बेलायततिर बरालिँदा’ नियात्राका लागि २०२६ सालमा मदन पुरस्कार र ‘सम र समका कृति’का लागि २०२९ मा साझा पुरस्कार प्राप्त गरेका थिए ।

शर्माको आजै पशुपति आर्यघाटमा अन्त्येटी गरिने परिवारले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds