दाङमा टिपरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

दाङमा टिपरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयद्वारा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

death body

दाङ। दाङमा टिप्परले ठक्कर दिंदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती गाउँपालिका–१ की ३५ वर्षीय डीला पौडेल रहेकी छन् ।

प्रहरीका अनुसार उनलाई पूर्व–पश्चिम् राज्मार्गअन्तर्गत राप्ती गाउँपालिका–१ पाखापानीमा रा१ख १२८६ नम्बरको टिपरले बिहान ६ बजे ठक्कर दिएको थियो ।

साइकलमा दूध बेच्न भालुवाङ जाँदै गरेकी पौडेललाई टिपरले ठक्कर दिएको हो ।

घटनापछि मृतकका आफन्त र स्थानीयले सडक अवरुद्ध गरेका छन् । पूर्व–पश्चिम् राजमार्ग बन्द भएपछि गाडी सडकमै रोकिएका छन् ।
मृतकको शव घटनास्थानमै छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ