पोखराको सिमपानीबाट २०९ एम्पुल लागु औषधसहित दुई जना पक्राउ

पोखराको सिमपानीबाट २०९ एम्पुल लागु औषधसहित दुई जना पक्राउ

arrested

कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका वडा नं -१ सिमपानीबाट अवैध लागु औषधसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही स्थान बस्ने ३८ वर्षीय पूर्ण बहादुर जलारी र पोखरा छोरेपाटन बस्ने ३१ वर्षीय सूर्य बहादुर थापा रहेका छन्। प्रहरीले उनीहरुको साथबाट फेनरागन ७० एम्पुल, नुर्फिन ६९ एम्पुल र डाईजापाम ७० एम्पुल गरी जम्मा २०९ एम्पुल लागु औषध वरामद गरेको छ।

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट सात दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाएको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ