काठमाडौं। प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीको टोलीले बैंकिङ कसूर मुद्दाका दुई जना फरार प्रतिवादीहरू लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा तनहुँ जिल्ला ब्यास नगरपालिका वडा नं -९ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका -२६ सोह्रखुट्टे बस्ने एम.एम कन्स्ट्रक्सन प्रालिका संचालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोक घर भई काठमाडौं महानगरपालिका-३१ तीनकुने बस्ने ३६ वर्षीय सुमित भण्डारी रहेका छन् । फरार रहेका उनीहरु मध्ये सुरजलाई उच्च अदालत पाटनको गत मंसिर २४ गतेको फैसलाले २४ दिन कैद र ७२ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो भने, सुमितलाई २०७७ मंसिर १३ गतेको फैसलाले ५ दिन कैद र ९ लाख ७३ हजार रुपैयाँ जरिवाना ठहर गरेको थियो ।
प्रहरीले सुरजलाई आइतबार काठमाडौं गोंगबुबाट र सुमितलाई सोमबार लाजिम्पाटबाट पक्राउ गरेको हो । उनीहरूले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नहुँदा नहुँदै पीडितहरूलाई झुक्याएर आ-आफ्नो बैंक खाताबाट भुक्तान हुने भनी चेक दिएको ठहर गरी उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो ।
फैसला कार्यान्वयनका लागि सुरजलाई जिल्ला अदालत ललितपुर र सुमितलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।
सम्बन्धित खबर
गण्डकी कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा भक्तजनको उपस्थिति बाक्लिँदै
गोरखामा सवारी ज्यान मुद्दाका फरार अभियुक्त ९ वर्षपछि पक्राउ
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
उत्तरी गोरखाको साम्दो क्षेत्रमा भारी हिमपात
आलु महोत्सवमा बढ्दो दर्शक सहभागिता
पोखरामा डिजी स्कुलको ‘कनेक्ट एण्ड मिट’
यो पनि पढौँ
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर