कास्की। जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध लागु औषधसहित चार युवालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -१७ बिरौटा स्थित राममन्दिर चोकबाट नियन्त्रित लागु औषध नाईट्राभेट २ सय २० ट्याब्लेट र १ किलो ५ सय ग्राम गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही स्थान बस्ने १९ वर्षीय प्रशन भण्डारी, १९ वर्षीय अनिस सुनार, पोखरा -१५ नयाँगाउँ बस्ने वर्ष २१ का विकास नेपाली र स्याङ्गजा जिल्ला बिरुवा गाउँपालिका -८ हाल पोखरा -१५ नयाँगाउँ बस्दै आएका २१ वर्षीय विशाल गुरुङ रहेका छन्।
विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले शंका लागि चेक जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त परिमाणको लागु औषध वरामद गरेको हो।
पक्राउ परेका उनीहरुमाथि लागु औषध सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
तस्बिर : जिल्ला प्रहरी कार्यालय कास्की
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति
छविलाई अनुसन्धान गर्न काठमाडौँ पुर्याइयो
कुमार रम्तेललाई काठमाण्डौमा बयान पछि पुनः पोखरा ल्याइयो
दाउराले टाउकोमा हानेर श्रीमानको हत्या
तनहुँमा साढे ६ लाखसहित कौडा खेलिरहेका १३ जना पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ