७० वर्षीया आमाको हत्या आरोपमा छोरा पक्राउ

७० वर्षीया आमाको हत्या आरोपमा छोरा पक्राउ

मोरङमा आमाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।

उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने ७० वर्षीया चन्द्रमाया भण्डारीको हत्या गरेको आरोपमा उनका छोरा ३५ वर्षीय गंगाप्रसाद भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आइतबार घरायसी विवाद हुँदा गंगाप्रसादले आमामाथि दाउराको चिरपटले प्रहार गरेका थिए ।

चिरपट प्रहारपछि चन्द्रमाया गम्भीर घाइते भएकी थिइन् । उनको उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

हत्या आरोपमा गंगाप्रसादलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ