सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै, एमाले नजाने

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै, एमाले नजाने

Agni_Sapkota_RSS

पोखरा । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) सर्वदलीय बैठक बोलाएका छन् ।

उनले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका हुन् ।

उनको सचिवालयका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधको विषयमा छलफल हुने बताइएको छ ।

सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी नहुने भएको छ । सभामुखले गर्ने छलफलको औचित्य नभएकाले त्यसमा आफ्नो पार्टी सहभागी नहुने एमाले सांसद शेरबहादुर तामाङले बताए ।

संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्ने लेनदेनमा सत्ता गठबन्धनले जबराविरुद्ध महाअभियोग ल्याएको एमालेको आरोप छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds