अवैध रुपमा ल्याउँदै गरेको सुन जस्तो देखिने अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ

अवैध रुपमा ल्याउँदै गरेको सुन जस्तो देखिने अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ

jhyang-lee–china

काठमाडौं। अवैध रुपमा नेपाल ल्याउँदै गरेको करिब ४ केजी ८ सय ४० ग्राम सुन जस्तो देखिने अर्धठोस पदार्थसहित प्रहरीले एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

शनिबार बिहान ९ः३० बजे उडान नम्बर एच ९५६६ को हिमालय एयरलाइन्सको जहाजबाट आएका चिनियाँ नागरिक राहदानी नम्बर इजे ०२४८१३१ बाहक ३६ वर्षीय झाङ झ्याङ ली’ को साथबाट विमानस्थलको भन्सारमा सुराक्षार्थ खटिएको टोलीले उक्त परिमाणको सुन जस्तो पदार्थसहित पक्राउ गरेको हो।

प्रहरीका अनुसार अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक जाँच गर्नेक्रममा ७ वटा पोकामा भित्री पोशाकभित्र लुकाई ल्याएको उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । ल्याव रिपोर्टका अनुसार उक्त वस्तु नेपालमा प्रयोग हुने गुणस्तर बराबरको सुन भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाई छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ