प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता

Cholendra_Samser_Rana

काठमाण्डौ।  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ ।

महाअभियोग प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

मन्त्रिमण्डलमा प्रधानन्यायाधीश जबराले भागबण्डा खोजेको भन्दै केही महिनादेखि आलोचना हुँदै आएको थियो ।

साथै उनीलाई राजीनामा दिन चौतर्फी दबाब परेको थियो । तर प्रधानन्यायाधीशले राजीनामा नदिने बरु महाअभियोगको सामना गर्न तयार रहेको प्रतिक्रिया दिँदै आएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ