सर्वोच्चले आजदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने

सर्वोच्चले आजदेखि सबै प्रकारका सेवा सञ्चालन गर्ने

Supreme_Court_sarbochcha_adalat_sarbocha1

सर्वोच्च अदालतले आजदेखि नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ ।

गएको माघ ४ गतेको पूर्ण बैठकले कोभिड महामारीको सङ्क्रमण बढेको भन्दै सेवा संकुचन गरेको सर्वोच्चले आजदेखि सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो ।

माघ ४ गतेदेखि हिजोसम्म बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसहित आधारभूत स्वास्थ्य सेवासँग सम्बन्धित र सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको मात्र सुनुवाइ गरेर अन्य सेवा बन्द गरेको अदालत आजदेखि भने नियमित सेवामा जाने छ ।

सर्वोच्च अदालतका अनुसार झन्डै एक महिनाको सेवा संकुचनको यस अवधिमा बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेली एवम् मिलापत्र सम्बन्धी कामकारबाही, मुलुकी फौजदारी कार्यविधि अनुसार थुनुवामा रहेका व्यक्तिको निवेदन लगायतका मुद्दा माथि कारबाही र सुनवाईलाई भने निरन्तरता दिइएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds