बोल्न नसक्ने व्यक्तिको हत्या गर्ने ‘अघोरी’ पक्राउ

बोल्न नसक्ने व्यक्तिको हत्या गर्ने ‘अघोरी’ पक्राउ

pakrau

बोल्न नसक्ने व्यक्तिलाई कुटपिट गरी हत्या गरेको आरोपमा आफूलाई अघोरी बताउने एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँ दक्षिणकाली नगरपालिका–६ फर्पिङस्थित दक्षिणकाली पार्टी प्यालेस अगाडि बस्ने ३५ वर्षीय शिव गिरी (अघोरी) छन्।

हालसम्म नामथर तथा ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय पुरुषको हत्या आरोपमा अघोरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बोल्न नसक्ने व्यक्तिलाई बिहीबार अघोरीले दाउराको चिर्पट र बाँसको टुक्राले टाउकोमा प्रहार गरी घाइते बनाइदिएका थिए । उक्त सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले अघोरीलाई पक्राउ गरेको थियो भने घाइतेलाई मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङमा उपचारका लागि पठाएको थियो ।

मनमोहनबाट रेफर भई वीर अस्पतालमा उपचार गरिएकोमा शुक्रबार बिहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले अघोरीमाथि ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ