दीपेन्द्रसिंहको अर्धशतकमा नेपालले ओमानलाई ६ विकेटले हरायो

दीपेन्द्रसिंहको अर्धशतकमा नेपालले ओमानलाई ६ विकेटले हरायो

Nepali Cricket team u 19

फाइल तस्बिर

काठमाण्डौ। नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा ओमानलाई ६ विकेटले पराजित गरेको छ । शुक्रबार ओमानको राजधानी मस्कटमा भएको खेलमा नेपालले १ सय ३६ रनको लक्ष्य १९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

आजको खेलमा दीपेन्द्रसिंह ऐरीले अविजित अर्धसतक बनाएका थिए। यस्तै आरिफ शेखले २५ रनकाे याेगदान गरे । बलिङतर्फ ओमानका लागि कलेमुल्लाहले दुई विकेट लिए ।

आजकाे खेलसँगै दीपेन्द्रसिंह ऐरीले टी–२० करिअरमा आफ्नो पाँच सय रन पूरा गरेका छन् । उनी याे उपलब्धि हात पार्ने नेपालकाे पहिलाे खेलाडी बनेका छन् । यसअघि पारस खड्का र ज्ञानेन्द्र मल्लले याे उपलब्धि हात पारेका छन् ।

नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट शृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले शृङ्खला खेल्न लागेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds