अनलाईन मार्फत मोबाइल मगाई रिसिभ गरे पश्चात अर्काको घर देखाएर फरार भएका युवक पक्राउ

अनलाईन मार्फत मोबाइल मगाई रिसिभ गरे पश्चात अर्काको घर देखाएर फरार भएका युवक पक्राउ

iphone-chor

तस्बिर : नेपाल प्रहरी

काठमाडौं । अनलाईन मार्फत मोबाइल फोन मगाई रिसिभ गरे पश्चात अर्कैको घर देखाई फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका -६ सरस्वती नगर बस्ने सोलुखुम्बु, खुम्बु पासाङ ल्हामु गाउँपालिका ५ घर भएका १९ वर्षीय उर्गेन टासि शेर्पालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शेर्पाले काठमाडौं महानगरपालिका -७ चावहिलबाट अनलाईन मार्फत दुई थान आइफोन किन्ने भनी बौद्ध स्तुपा आसपास मोबाइल रिसिभ गर्छु भन्दै मोबाइल मगाएको र मोबाइल रिसिभ गरेपछि नजिकै रहेको घर देखाई पैसा लिएर आउँछु भनी भागेका थिए।

घटनाको जानकारी पश्चात महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले शेर्पालाई नगद १४ हजार रुपैयाँ र ३ थान मोबाइल सहित पक्राउ गरेको हो ।

उनी उपर चोरी तथा डाँका सम्वन्धी कसूर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ