मोरङमा एक विद्यालयको शौचालयको खाडलमा डुबेर एक नाबालकको मृत्यु भएको छ ।
बिहीबार साँझ सुनवर्षी नगरपालिका ९ स्थित भेडुवाथानमा रहेको बीपी आधारभूत विद्यालयको शौचालयको खाडलमा डुबेर ३ वर्षीय बालक खेम दासको मृत्यु भएको प्रहरीले जनाएकोे छ ।
स्थानीय सन्तोषकुमार दासका छोरा आमा जमुनादेवी दासलाई पछ्याउँदै जाने क्रममा खाडलमा खसेका थिए । विद्यालय परिसरको शौचालयको खाडल माथिबाट नछोपिएकाले बालक खसेर डुबेको हो ।
बालकका अभिभावक विद्यालयभन्दा बाहिर चिया पसल गर्थे।
रिङ लगाएर बनाइएको शौचालयको खाडल भने ढकन नलगाइकन खुलै छाडिएको पाइएको छ। शौच गर्न आमा जमुनादेवी दास विद्यालयको शौचालयतिर गएको देखेपछि ३ बर्से नाबालक पनि पछिपछि गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आमा शौचालयमा पसेका बेला बालक भने पाँच फिटभन्दा गहिरो हजमा खसेर प्रहरीले जनाएको छ ।
बालकले लगाएको एउटा चप्पल शौचालयको हजभित्र र अर्को बाहिर फेला परेको थियो। हजभित्र डुबेको आशंकामा खोजी गर्दा डुबेर घाइते भएको अवस्थामा बालकलाई फेला पारिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बालकको उपचारका क्रममा साँझ ७ बजेतिर रंगेली अस्पतालमा मृत्यु भएको हो ।
गत असारमा मात्रै ढकन बनाएर दुवै शौचालयको खाडल छोपिएको थियो। तर केही बदमासहरुले साउनमै महिला शौचालयको हजको ढकन भने फुटाएर फ्यालिदिएको विद्यालयका प्रधानाध्यापक सञ्जीव राजवंशीले बताए।
६ महिनासम्म शौचालयको हज व्यवस्थित नगर्नु विद्यालयको चरम लापरबाही भएको स्थानीयले आरोप लगाएका छन्।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते